संघीय समाजवादी फोरम नेपालमा सयौ नेता तथा कार्यकर्ता प्रवेश
सनिउल्ला धोबी ,कपिलवस्तु, कार्तिक ५
संघीय समाजवादी फोरम नेपालको पाटी कपिलवस्तुको थुन्ह्यिामा शुभकामना आदान प्रदान तथा पाटी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । अन्य पाटी परित्याग गरी करिब सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन । संघीय समाजवादी फोरम नेपालका उप महासचिव तथा संसद अभिषेक प्रताप शाहले कार्यकर्ताहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उप महासचिव तथा संसद अभिषेक प्रताप शाहले अब चाडै नै सविान संशोधनका लागि दबाब मुलक कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रम सुवास गुप्ताको अध्यक्षता, संघीय समाजवादी फोरम नेपालका उप महासचिव तथा संसद अभिषेक प्रताप शाहको प्रमुख अतिथ्यिता रहनु भएको थियो अन्य अतिथिहरुमा केन्द्रिय सदस्य साहसराम यादव,राम बरण यादव, गीता श्रीवास्तवा, केन्द्रिय परिषद सदस्य अब्दुल रसिद खाँ,अकराम पठान,जिल्ला अध्यक्ष सतिस गुप्ता,उपाध्यक्ष संदिप पाण्डे,सचिव शैलेन्द्र यादव,थारुहट प्रदेश सदस्य दिपक पाण्डे,युवा नेता अजित सिहं, सिता राम यादव,तौलेश्वर यालव,कृष्ण कुमार चौधरी लगायत रहनु भएको थियो ।
सो पाटी प्रवेश कार्यक्रममा सदभावना पाटी परित्याग गरी राम चन्द्र जयसवाल,केदार चौधरीको नेतृत्वमा सयौ नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको जिल्ला अध्यक्ष सतिस चन्द्र गुप्ताले बताउनु भयो । सो कार्यक्रममा करिब ५ सयको सहभगीता रहेको गुप्ताले बताउनु भयो ।