लुटेराको गोली प्रहारबाट कपिलवस्तुमा एक घाइते

सेयर गर्नुहोस

सनिउल्ला धोबी,५ कात्तिक,

कपिलवस्तु नगरपालिका वडा नं १४ गोपालपुर चोकमा अज्ञात समुहको गोली प्रहारवाट एक जना घाइते भएका छन् ।

Khelauna-Pestol

 

 

 

 

 

 

 

गोपालपुर चोकमा अवस्थित राधेश्याम गुप्ताको किराना पसलमा लुटपाट गर्न आएका लुटेराहरुको समूहले बिहीबार साझ गोली चलाउदा किराना पसल सञ्चालक राधेश्याम गुप्ता घाइते भएका हुन् ।

४ जनाको समूहमा रहेका लुटेराले पसल लुट्न खोज्दा गूप्ताले प्रतिवाद गरेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।  उनको वायाँ खुटटामा गोली लागेका छ । गुप्तालाई स्थानीयले तत्काल तौलिहवास्थित पृथ्वीवीर अस्पतालमा पुर्‍याएका थिए ।

कपिलबस्तुका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले ढिला गरी प्रहरीमा जानकारी आएको र लुटेराहरुको खोजी जारी रहेको वताए । पछिल्लो समय कपिलवस्तुमा अपराधिक गतिविधी बढ्दै गएको छ ।

Facebook Comments Box