७ जेष्ठ २०८१, सोमबार

एमाले ले मात्र मधेशकाे मुद्दा सम्बाेधन गर्न सक्ने :पुर्वराज्यमन्त्री मिश्र

कपिलवस्तु , अश्विन १। मधेशकाे मुद्दा समाधान गर्ने एउटा मात्र पार्टी नेकपा एमाले रहेकाे पुर्व राज्यमन्त्री ईश्वरदयाल मिश्रकाे भनाई छ ।
अाज एमालेकाे कृष्णनगर नगरकमिटिले राखेकाे चियापान तथा शुभकामना अादानप्रदान कार्यक्रम उद्योग वाणिज्य संघ काे हालमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश न: ५ कमिटी सदस्य क्षेत्रबहादुर खत्री तथा अध्यक्षता नगरकमिटी संयाेजक अनन्तराम घिमिरेकाे थिए ।
कार्यक्रममा राजपा परित्याग गरि एमालेबाट चुनाव लडने पुर्वराज्यमत्री ईश्वर दयाल मिश्रले कांग्रेस नै संविधान संशाेधनकाे बाधक रहेकाे छ किनकी प्रधानमन्त्री बनाउन दुई तिहाइ बहुमत पुर्याउन सक्ने तर संशाेधन गर्न नसक्ने खेल कांग्रेसकाे मात्रै रहेकाे छ। राजपासंग मिलेर कांग्रेसले सबै छ प्रदेशमा चुनावमा भाग नलिने राजपा प्रदेश न:२काे चुनावमा मात्र भाग लिने पनि षड्यन्त्र नै हाे ।

त्यसतै दिपावलीकाे शुभकामना दिदै एमालेका महादेव पाेख्रेलले एमालेकाे प्रतिनिधित्व नभएका कारण कृष्णनगर लगायतका क्षेत्र पछाडि परेका छन ।
कार्यक्रममा अरसद मिर्जाले सबै क्षेत्रबासीलाई शुभकमना दिदै नेपालकाे स्थानिय चुनावमा प्रथम भएकाे एमाले पार्टी प्रदेशिक र प्रतिनिधि चुनावमा पनि प्रथम हुने छ भन्दै मधेशी ,मुस्लिम, जनजातिकाे मुद्दा समाधान गराउन सक्ने एमाले नै हाे ।
दिनेशचन्द्र गुप्ता लगायत एघार जना एमालेमा प्रवेश गरेका जानकारी गराउदै संचालक लक्ष्मण भुषाल जानकारी गराएका थिए। कार्यक्रममा एमाले सुशील कुमार श्रीवास्तव,मिना परियार तथा नगरकमिटि सदस्यहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका