विजयनगरबासीको अपिलः अध्यक्षमा फेरि थापा दोहोरिनुपर्छ

सेयर गर्नुहोस

घनश्याम भर, कपिलवस्तु ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जनताले आफ्ना जनप्रतिनिधिबारे चाँसो बढाएका छन् । यति बेला आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेदवार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेदवारबारे आफ्नो अभिमतसमेत राख्न थालेका छन् । एकै चरणमा वैशाख ३० गते ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । विभिन्न दलका नेता, कार्यकर्ताहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

अहिले मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाब–किताबसमेत गर्न थालेका छन् । अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धता अनुरूप काम गर्न नसकेको मतदाताको गुनासोसमेत गर्न थालेका छन् । तर, कपिलवस्तुको विजयनगर गाउँपालिकामा आम जनताको माहौल भने त्यसभन्दा पृथक र फरक देखिएको छ ।

कपिलवस्तुको १० पालिका मध्ये ५ वर्षको अवधिमा कुन पालिकाले के प्रगति ग¥यो ? यो प्रश्न आम नगरबासीको साझा प्रश्न बन्ने गरेको छ । यी पालिकाको तुलनामा विजयनगर गाउँपालिकाको विकासमा अहम नेतृत्वदायी भूमिका खेल्ने जनप्रतिनिधिहरुको चर्चा चालेको छ । गाउँपालिकाको चौतर्फी रुपमा विकासको स्थिति हेर्दा विजयनगरमा अन्य पालिकाको तुलनामा नमुना कार्य भएकोले विजयनगरको प्रशंसासमेत बढेको छ ।

विजयनगरमा कार्य सम्पादनका दृष्टिले प्रदेशकै उत्कृष्ट नमुना पालिकामा छनोटसमेत भएको छ । जसको नेतृत्व गोपाल बहादुर थापा मगरले गर्नुभएको छ । गाउँपालिकाको हरेक कार्यमा थापा अब्बल देखिनुभएको छ । स्थानीय सरकार आएपछि हरेक पुर्वाधारमा चौतर्फी रुपमा विकास भएको पाइन्छ । अहिले दुर्गमतालाई परिवर्तन गर्दै सुगमताको बाटोमा लम्किरहेको छ । गाउँपालिकाको हरेक विकास निमार्णका कार्यमा जनप्रतिनिधिहरुको महत्वपूर्ण अथक प्रयास रहेको छ । यस गाउँपालिकाको पहिचान बदल्ने यहाँका जनप्रतिनिधिहरु प्रमुख पात्र हुन् ।

२०७४ को निर्वाचनपछि गाउँपालिकाको अध्यक्ष पदमा आएका जनप्रतिनिधि गोपाल बहादुर थापाको अहम सक्रियता र प्रयासले विकासमा उल्लेखनीय परिवर्तन भएको छ । त्यहाँ भएका कच्ची, हिलाम्ले, खल्डाखुल्डी र साँघुरा सडकहरु स्तर उन्नतीदेखि कालोपत्रे भएका छन् । यस्तै बिजुली, स्वास्थ्य शिक्षा, कृषिमा उल्लेखनीय विकास भएको पाइन्छ । मानव विकासको सुचांकमा सबैभन्दा पछाडी रहेको क्षेत्रमा उकालो लागेको छ । गाउँपालिकाले जनप्रतिनिधि पाएपछि जंगल भित्रको दुर्गम गाउँ जवाबैराठ जस्तो विकट क्षेत्रमा पनि विकासको लहरले छोएको छ ।

उहाँले ५ वर्षको अवधिमा विजयनगरमा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गर्नुभएको छ । आफ्नो पार्टीका समर्थकले मात्र होइन, दलहरूका नेता–कार्यकर्ताले समेत विजयनगर गाउँपालिकामा फेरि एक–पटक गोपाल बहादुर थापालाई दोहोरिनुपर्ने मत राखेका छन् । अध्यक्षमा थापा फेरी दोहोरिनुपर्ने भन्दै विजयनगरबासीले आफ्नो अभिमत व्यक्त गर्न थालेका छन् । थापाले फेरी जिते विजयनगर गाउँपालिकाको कायापलट हुने जनताको विश्वास छ । विकासको कार्यका लागि अहोरात्र तल्लिन रहने र लाभका पदमा खास रूचि नराख्ने सरल स्वाभावका थापालाई फेरी अध्यक्षमा जिताउनुपर्ने भन्दै जोड दिएका छन् ।

निर्वाचन नजिकिएसँगै नेकपा एमाले समर्थक मात्र नभएर विजयनगरका बौद्धिक एवं सामाजिक जनमतसमेत थापालाई दोहोरिनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्षको कार्यकालमा विजयनगरमा उल्लेखनीय काम भएका छन् । अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन आवस्थामा छन् । त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न गोपाल बहादुर थापको नेतृत्व आवश्यक रहेको विजयनगरबासीको अभिमत छ ।

१) स्वास्थ्यमा पहुँच
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ३ ओटा बर्थिङ्ग सेन्टर र ३ ओटा आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रको स्थापना भएको बताउनुभयो । यस्तै ३ ओटा स्वास्थ्य चौकी, गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा र एउटा आय्ुर्वेदिक औषधालय सञ्चालनमा रहेको बताउनुभयो । उहाँले वडा नम्बर ६ बद्धौरमा १५ शैय्याको अस्पताल निर्माणका काम प्रक्रियामा रहेको बताउनुभयो ।

२) शिक्षामा सुधार
छात्राहरुलाई हरेक वर्ष छात्रावृित्त कार्यक्रम संचालन गर्दै ६ कक्षा माथिका छात्राहरुलाई साइकल, शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । यस्तै “छोरी बचाउँ, छोरी पढाउ” अभियानलाई सार्थकता दिन र छोरीलाई नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न साइकल वितरण गरिएको बताउनुभयो । विद्यालयको पूर्वाधार र भौतिक विकासमा पनि गाउँपालिकाले प्राथमिकतासमेत दिएको बताउँदै पालिकामा रहेका ५३ सामुदायिक विद्यालय र मदरसाहरुमा ३० वटा भवन निर्माण र अन्य शैक्षिक संस्थाहरुमा बाउण्ड्रीवाल लगायतका भौतिक संरचनाको काम भएको बताउनुभयो ।

३) भौतिक पूर्वाधार
अध्यक्ष थापाले ५ वर्षको कार्यकालमा गाउँपालिकाभित्र ४६ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरिएको बताउनुभयो । ५० किलोमिटर भन्दा धेरै सडकको स्तर उन्नती र गाउँभित्र करिब ४० किलोमिटर सडक पिपिस भएको उहाँले बताउनुभयो । यस्तै २० किलोमिटर नयाँ सडक खोलिएको र कालोपत्रे निर्माणाधिन १२ किलोमिटर सडक पनि यसै आर्थिक वर्षमा सम्पन्न उहाँको भनाइ छ । गाउँपालिकाले आफ्नै प्रशासनिक भवनसँगै वडा नम्बर २, ४, ६ र ७ वडाको भवन निर्माणको साथै विभिन्न वडाहरुमा १२ वटा सामुदायिक भवनसमेत निर्माण गरिएको थापाले बताउनुभयो ।

यसै गरी ४ ओटा झोलुङ्गे पुल निर्माण गरिएको बताउनुभएको छ । लोहोरौला—नेवलागञ्ज, उज्वलपुर—भगीरामपुर, नौरंगिया—डालपुर—वनखेत, जोड्ने चिराई, विसवा नदीमा झोलुङ्गे पुल निर्माण भईसकेको छ भने नौडिहवा—गोबरडिहवा गाउँ जोड्ने विसवा नदीमा झोलुङ्गेपुलको निर्माण काम सुरु भएको थापाले बताउनुभयो । यस्तै गुगौली—नेवलागंज जोड्ने विसवा नदीमा आरसिसि पुल निर्माण भएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले शुद्ध पिउने पानीका लागि ४ वटा ओभरहेड ट्यांकी निर्माणको काम भइरहेको र ५ वटाको सम्भाव्यता अध्ययन भइसकेको बताउनुभयो ।

४) लोकप्रिय कार्यक्रम
गाउँपालिकाले यसै आर्थिक वर्ष देखि सुरु गरेको पहिलो छोरीको खातामा १५ हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रम अहिले निकै लोकप्रिय बनेको छ । छोरी बचाउँ, छोरी पढाउँ भन्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले पहिलो छोरीको बैंक खाता खोली दिने र १५ हजार जम्मा गरिदिने जुन रकममा परिवारको तर्फबाट पनि केही रकम जम्मा गर्नु गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । छोरीको नाममा रहेको रकम २० वर्षसम्म प्रयोग गर्न नपाइने जसले गर्दा छोरीको उच्च शिक्षामा सो रकमले सहयोग पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box