११ आश्विन २०८०, बिहीबार

चर्चित खेलाडी खाा राजनितीमा, प्रदेश सभाको सभासद लडने तयारीमा ।।।

कपिलवस्तु, २१ असोज । नेपाली क्रिकेट खेलबाट अन्तरराष्ट्रियस्तरको खेलाडीका रुपमा चर्चा बटुलेका फजलुर रहमान (फैजल खाा) राजनिती साग जोडिएका छन । केहि समय अघि एमाले सचिव प्रदिप ज्ञवालीबाट एमालेमा प्रबेश गरेका खाा प्रदेश सभाको सभासद तर्फ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सिफरिसमा परेका हुन । आफना भिनाजु तथा पुर्व सभासद सलाहुद्दिन खााको प्रेरणाले राजनिती साग जोडिएका उनले १६ बर्षको उमेर देखी क्रिकेट साग जोडिएका हुन । राष्ट्रियस्तरमा महेन्द्र पुलिस क्लब, भैरहवा ४, ईपियलको कलर्स एक्सपेक्टर साग जोडिएका उनी अलराण्डर खेलाडीका रुपमा परिचित छन । सन २०१० देखी क्रिकेट खेलमा जोडिएका उनले सन २०१२ मा सम्पन्न यु १९ बिश्व कपमा नेपालका लागी उत्कृष्ट प्रदर्शन गरेका थिए । सन २०११ मा ओमान बिरुद्ध सतकिय पारी खेलेर चर्चा बटुलेका उनी पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहदै आएका थिए । युवाहरुमा बढदो बिकृती, खल्बलिदो साम्प्रायिक सद्भाव, बिकासको न्युन गतिले समाजका लागी केहि गर्नु पर्छ भन्ने मान्यताले आफुलाई राजनिती साग जोडिन मन लागेको उनी बताउछन । पार्टीको जिल्ला कमिटीको सिफरिसमा परेका उनी आफु प्रदेश सभाको सभासदमा चयन हुनेमा ढुक्क छन । “पार्टीले युवा नेतृत्वलाई प्रोत्साहित गर्न समेत मलाई उम्मेदबार बनाउनेमा म ढुक्क छु ।” उनले भने । आफुले राजनतिक क्षेत्रमा जोडिएर अगाडी बढदै गर्दा परिवारले समेत सहयोग गर्दै आएको उनले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट