बिरगंज । मधेस आन्दोलन एवं सामाजिक क्षेत्रमा बिशेष पहिचान बनाउदै आएका बिरगंजका प्रभावशाली एवं बौद्धिक युवा नेता ओमप्रकाश सरार्फ निर्वाचन क्षेत्र न.१ को ” ख”बिधान सभाबाट बिधायकको उम्मेदवार हुने प्रायः निश्चिति देखीएको छ।
राजपा नेपालका बिरगंज महानगर अध्यक्ष समते रहेका सरार्फ मधेस आन्दोलन ताका क्रान्तिकारी एवं तार्किक भासन मार्फत सडक संघर्स देखि मितेरी पुल सम्मको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि चर्चामा आएका थिए ,आन्दोलनमा सक्रिय अहम् भुमिका निभाउदै गर्दा प्रहरी प्रसासनले छापामार सैलिमा गिरफ्तार हिरासत मै पाँच दिन सम्म नजरबन्द गरि बारह दिन सम्म हिरासतमा राखेका थिए।हिरासत भित्रैबाट मधेस आन्दोलन सम्बन्धि वहाँ द्वारा लेखिएका आर्टिकलहरु खुब चर्चा बटुलेका थिए।त्यसैगरि लोडसेडिङ बिरुद्धको सत्याग्रह आन्दोलनका संयोजक,बिरगंजलाई महानगरपालिका बनाउने अभियान को संयोजक,नरायणी उप-क्षेत्रीय अस्पताल बिकास सहयोग अभियानका संयोजक,भ्रस्टाचार बिरुद्धको अभियानको संयोजक,दाइजो एवं समाजिक कुरुती बिरुद्धको अभियानका अभियन्ता,महा भुकम्पको बेला पुनः निर्माणमा रसुवामा श्रमदान सिविरका संयोजक,प्रत्येक वर्ष बाढी पीडितलाई राहत बितरण अन्य बिकास निर्माण एवं जनसरोकारका बिषयमा निकै सकृय युवा नेता हुन।
राजनीति एवं समाजिक शास्त्रमा बिशेष दखल भएका सरार्फद्वारा विभिन्न पत्रका पत्रीका एवं अन्लाईन नियमित प्रकासनले पनि सबै माझ लोकप्रियता कमाएका हुन।
भारतका विभिन्न राज्यमा भएको राजनीतिक कार्यक्रममा पनि वक्ताको रुपमा चर्चा कमाएका युवा नेता सरार्फ पार्टीको संगठनका बिस्तार गर्ने कलाले पनि पार्टी भित्र केन्द्रिय देखि स्थानीय स्तरमा लोकप्रिय हुन।
मृदभाषी,नरम एवं मिलनसार स्वभावका स्वक्ष छबिका युवा नेता सरार्फ राजनीतिकलाई समाज संग जोड्ने र स्वक्ष राजनीतिमा बिश्वास राख्ने नेता हुन।यहीँ सबै गुणले अन्य क्षेत्र,अन्य पार्टीका नेता कार्यकर्ता माझ,बुदिजिवि माझ पनि त्यति कै सद्भाव प्राप्त गर्दै आएका हुन।सरल र सुलभ जीवन ब्यतित गर्दै मधेसवाद प्रति समर्पित युवा नेताको उम्मेदवारि चर्चाले आम जनतामा नयाँ आशाका किरन देखिएको छ।जताततै आउने चुनावको चर्चामा वहाँको नाम अग्र स्थानमा रहेको छ।
हाम्रो समाज प्रतिको लगानी र सेवा भावको कदर गर्दै आम जनताले मलाई सेवा गर्ने थप जिम्मेवारी प्रदान गर्ने र चुनावी बिकृतिलाई आफू चिर्ने सफल प्रयास गर्ने प्रतिक्रिया नेता सरार्फको छ।
3