विजयनगर गाउँपालिकाको उपाध्यक्ष पदमा सीता यादवको उम्मेदवारी किन ?

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको उपाध्यक्ष पदमा सीता यादवको उम्मेदवार रहेको छ । बहुजन शक्ति पार्टीले टिकट दिएपछि उहाँको उपाध्यक्षमा एकल उम्मेदवारी रहेको छ ।
सीताले भन्नुभयो, दलित, जनजाती, आदीबासी, मुसलिम सुमदाय, थारु समुदायको हकहितका लागि आफ्नो विजयनगर गाउँपालिकाको उपध्यक्षमा उम्मेदवारी रहेको हो ।
विजयनगर गाउँपालिकाको विकास, समृद्धि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, यूवा रोजगार लगाएतको विषयमा पहिलो प्राथमिकता रहेने पनि उहाँले पद्धिवत्दता गर्नुभयो ।
पीछडीएका वर्गहरुले वषैसम्म दुख भोग्दै आएका छन् , त्यस्ता वर्गहरुमा भइरहेको विभेद छीटै अन्त्य गर्न र महिलामाथि हुने हिंसा, समाजमा जातीय भेदभाव, छुवाछुतलगायतको अन्त्यको लागि पनि आफ्नो उम्मेदवारी रहेको सीताको भनाई छ ।
पार्टीले मलाई यो वर्ष पनि उम्मेदवारको लागि टीकट दिएको छ, उहाँले भन्नुभयो, त्यसैले विजयनगर गाउँपालिकाको विकासको लागि हाम्रो होइन राम्रोलाई जनताले रोज्न जरुरी छ ।
२०७४ सालको स्थानीय स्थानीय निर्वाचनमा पनि मदेशी जनअधिकार फोरमबाट सीताको उम्मेदवारी रहेको थियो । उहाँ तेस्रो स्थान हुनभएको थियो ।
विगतमा चुनाव हारेपनि यो स्थानीय तहको निर्वाचनमा भने जित्ने ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो ।
