‘प्रचण्ड’ले गरे हिन्दीमा भाषण,भारतसंग नेपालकाे राेटीवेटीकाे सम्बन्ध ।

सेयर गर्नुहोस

कपिलवस्तु,असोज ५ । कपिलवस्तु को कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जन सभाका प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बाेधन गरि मधेशी जनताकाे मनमा भित्र माअाेबादी प्रतिकाे नकारात्मक साेचलाई हटाउने प्रयास गरेका थिए ।
प्रचण्डपुत्र प्रकाश दहाल लगायत मुस्लिम अगुवा तथा केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे उक्त पार्टी प्रवेश क्रममा विभिन्न दलका तीन सय बढी कार्यकर्ता माअाेबादीमा प्रवेश गरेका छन । कायर्क्रममा वक्ता नेता मातृका यादवले बर्षाैंदेखि उत्पिडित मधेस को मधेसी र पहाड को पहाडीको हकहित मा काम गर्ने माओवादी पार्टी मात्र रहेको छ, मधेसको मुद्दालाई भारतसंग जाेडेर बिरोध गर्ने पार्टी एमाले हो तर ओली को खान पान मा गडबडी भएर पेट दुख्दा भारतीय औषधीमा केही कमी छ भनेर दोष लगाउन मा पनि पछाडी पर्दैन ।
भारतीय मिडियाकर्मीकाे प्रश्नकाे जवाफमा नेपाल भारत सम्बन्ध बर्षाैं पुरानाे भएकाे कारण यसलाई विगार्न कसैले नसाेचे हुन्छ , अाउने समयमा भारतको बढनीदेखि काठमाडाैंसम्म रेल सेवा शुरु गरिने पहल भईरहेकाे प्रमुख अतिथि पुष्पकमल दहालले भनेका थिए ।उनले भने माओवादी पार्टी मधेशी जनताकाे हितमा क्रान्ति गरेकाे पहिलाे एकमात्र पार्टी हाे । सभालाई सम्बाेधन गर्दै मंसिर ११ र २१ गते हुने प्रदेशिक तथा प्रतिनिधि चुनावमा माओवादी केन्द्रलाई अत्यधिक मतले जिताउन सर्वसाधारणलाई अाग्रह पनि गरेका थिए |

Facebook Comments Box