चुनावी चर्चामा नेपाली कांग्रेस पार्टी युवा नेता चौधरी वार्ड अध्यक्ष

सेयर गर्नुहोस

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ को युवा समाजिक अभियन्ता हृदय बिकाश चौधरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी भएका हुन ।

समाजिक अभियन्ता समेत रहेका हृदय बिकाश चौधरीले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी बाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

वडाको समग्र विकासको लागि हृदय बिकाश चौधरीले उम्मेदवारी दिने जानकारी दिए । वडाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने चौधरीले बताए । वडा जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् ।

हृदय बिकाश चौधरीले उम्मेदवारी सगै मतदाता संग भेटघाटमा ब्यस्त रहेका चोक चौराहमा चर्चाम सुरु भएको छ ।

Facebook Comments Box