२६ भाद्र २०८१, बुधबार

कपिलवस्तुका गीतकार रोहित घिमिरेले ल्याए नेपाली किर्केटको रास्ट्रिय गित भिडियो सहित,सार्बजनिक ।।

असिम भट्टराई/कपिलवस्तु
नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’को चर्चा यतिबेला निकै चुलिएको छ ।

यति बेला युट्युबमा भाईरल हुँदै “हामी नेपालि किर्केट खेलाडी”गितको आवाज भने चर्चित तथा सुमधुर आवाजका धनि गायक प्रमोद खरेलले भरेका छन !!गीतका संगीतकार कपिलवस्तुका यूवा अनि चर्चित गीतकार रोहित घिमिरे हुन् भने म्युजिक एरेन्ज देबेन्द्र नेवाले गरेका हुन् ।संगीतकार घिमिरे आफुपनि क्रिकेट प्रेमी भएको सुनाउँदै भन्छन् ‘देशको गौरव र महिमा बोक्ने किर्केटको गीत सिर्जना गर्न पाउदा बेग्लै आनन्द आउदो रहेछ ।’ गीतको लागि लय संगीत तयार पार्दा नै आफुलाई नेपाली किर्केट खेलाडीहरुलाई हौसलाको सकारात्मक प्रभाव पार्न र त्यही सोचाईका आधारमा गीत बनाएको उनी बताउँछन् !!कपिलवस्तुको समाजिक संस्था चेतनशील प्रतिस्ठानका आजिबन सदस्य समेत रहेका रोहित घिमिरेले गीतको माध्यमबाट नेपाली क्रिकेट टोलीलाई हौसला दिन पाउदा उनी मख्ख छन् ।

आफ्नो माता बसन्ती घिमिरे र पिता बिस्नु घिमिरेको आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार घिमिरे भन्छन !!मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु!!उनको गीति लेखन निकै अब्बल मानिन्छ ।

सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने घिमिरे यसभन्दा अगि पनि “संगै जिउने मर्ने कसम” बोलको गीत रेकर्ड गरिसकेको थिए।निकै नै मिजासिल मिलनसार र लजालु स्वभाकका घिमिरे गीत रचना गरिरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँछन् ।

धेरै कमेन्ट गरिएका