२३ बैशाख २०८१, आईतवार

कपिलवस्तु समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

काठमाडौं ।
कपिलवस्तुबाट राजधानीमा बसोबास गर्ने कपिलवस्तुबासीहरुको सबै भन्दा पुरानो समाजिक संस्था कपिलवस्तु समाजले आज काठमाडौमा नया वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा बि.स. २०६०साल देखि निरन्तर रुपमा प्रकाशन गर्दै आएको वार्षिक भित्तेपात्रोको विमोचन भएको छ। कपिलवस्तु समाजले कपिलवस्तु घर भई राष्टको विशिस्ट ओहदामा पुगेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा लोकसेवा आयोगका सदस्य ई. माधव बेलवासे, मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, शिवम सिमेन्टका अध्यक्ष डा. सुरेन्द्र गोयल तथा सशस्त्र प्रहरी उपरीक्षक निरंकारनाथ शुक्ल हुनुहुन्छ। उहाहरुलाई खादा, माला तथा अबिरले समाजका अध्यक्ष अनिरुद्धनाथ शुक्लले सम्मानित गर्नु भएको छ। सो कार्यक्रममा समाजका संरक्षक कालिका दवाडी, दिनेश श्रेष्ठ , सल्लाहकार डा यशोधाम त्रिपाठी, बिनिता शर्मा पुर्व अध्यक्षहरु विजय उपाध्याय , दिग्बिजय मिश्र ,आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रममा बोल्दै लोकसेवा आयोगका सदस्य माधव बेलबासेले कपिलवस्तुमा जलश्रोतको प्रचुर सम्भावना रहेको जसले कपिलवस्तुको विकासलाई टेवा पुग्ने कुरा बताउनु भयो। मुस्लिम आयोगका सदस्य मिर्जा अर्सदले समाजले कपिलवस्तु काठमाडौको सेतु हुनेगरी कार्य गर्नु पर्ने बताउनु भयो। शिवम सिमेन्टका अध्यक्ष डा सुरेन्द्र गोयलले उद्योगको विकास गरेर कपिलवस्तुको विकासलाई अगाडि बढाउन सकिन्छ भन्नू भयो साथै मेरो पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो। यस कार्यक्रममा काठमाडौमा रहेका युवा, विद्यार्थी , पेसाकर्मी, उद्योगी व्यवसायी लगायत अन्य पेशा व्यवसायमा संलग्न व्यक्तीहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा सम्मानित व्यक्तित्व निरंकारनाथ शुक्ल, कालिका दवाडीले मन्तव्य राख्नु भएको थियो। समाजका उपाध्यक्ष आलोक तिवारीको संचालनमा तथा अनिरुद्धनाथ शुक्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

धेरै कमेन्ट गरिएका