आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

सेयर गर्नुहोस

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ ।

कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ ।

अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

Facebook Comments Box