कोरोना कहर : आईफोन निर्माता फक्सकनद्वारा चीनमा उत्पादन बन्द
ताइपेई । प्रमुख एप्पल आपूर्तिकर्ता फक्सकनले चिनियाँ टेक हब शेन्जेनमा आफ्नो उत्पादनहरु बन्द गरेको छ।
कम्पनीले सोमबार बेइजिङको सहरको लकडाउन जारी गरेपछि उत्पादनहरु बन्द गरेको घोषणा गरेको हो। कम्पनीले विज्ञप्ति निकाल्दै भनेको छ, ‘स्थानीय सरकारले कोरोनाको नयाँ भेरिन्ट नियन्त्रणका लागि लकडाउनलगायत प्रतिबन्धात्मक नीति जारी गरेपछि चीनको शेन्जेनमा फक्सकनको सञ्चालन र उत्पादन कार्य रोकिएको छ।’ चीनमा फेरी कोरोना संक्रमण फर्किदै ९ दिने लकडाउन घोषणा गरेको थियो ।
चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चीनमा करिब दुई हजारमा कोरोनाका नयाँ संक्रमितहरु फेला परेका छन्।
चीनले कोरोना नियन्त्रणका लागि शून्य कोभिड नीति लिए पनि सफल हुन सकेको छैन। कोरोनाको शून्य कोभिड अभियानलाई सफल बनाउन ठूलो प्रयासहरु गर्दै नागरिकलाई महिनौसम्म घरभित्रै बन्दी बनाइएको भए पनि पूर्ण नियन्त्रण भने गर्न सकेको छैन।
जसका कारण चीनमा रहेका विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनमा रोक लगाएका छन् भने कयौं कम्पनीहरुले त चीन छोडेका छन्। कोभिडविरुद्धको चिनियाँ खोपले ल्युकेमिया भन्न नयाँ संक्रमण देखिएपछि चिनियाँहरु थप चिन्तित बनेका छन्।
