अर्जुनकुमार साह /महोत्तरी , असोज१ गते । दशैंको कारण एकहप्तादेखि बन्द रहेको जलेश्वर नगरपालिका आईतबार पनि खुल्न सकेनन् । जिल्लाको विभिन्न राजनैतिकदलहरुले विभिन्न आरोपहरु लगाउादै जलेश्वर नगरपालिकामा तालावन्दी गरेका कारणले कार्यालय खुल्न नसकेको हो ।
जिल्लाको नेपाली कााग्रेस, नेकपा एमालेसहितका पार्टीका नगर सभापतिसहितका पदाधिकारीहरुले जलेश्वर नगरपालिकाबाट कार्यवाही भई सेवाबाट बरखास्त गरिएका इन्जिनियर पवनकुमार झाले कर्मचारीहरुलाई हुलहुज्जत गरी गैरजिम्मेवारपूर्ण कार्य गरेको भन्दै कारवाहीको माागलाई लिएर आईतबारदेखि अनिश्चितकालिन तालावन्दी गरेका हुन् ।
कााग्रेस, एमालेसहित जलेश्वर नगरका ११ राजनैतिकदलहरुले ईन्जिनियर पवनकुमार झा सहित नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज सरोजकुमार साह लगायतका २०/२५ जनाले शुक्रबार कर्मचारीहरुलाई लछारपछार र दुव्र्यवहार गरेको भन्दै कारवाही नगरिएको कारणले अनिश्चितकालको लागि तालावन्दी गरिएको जनाएको छ ।
यता सोही विषयलाई लिएर जिल्लाको विभिन्न राजनैतिकदलहरुबीच तीव्र धु्रवीकरण शुरु भएको छ । नेकपा माओवादी केन्द्रसहित जिल्लाका १० राजनैतिकदलहरुले जलेश्वर नगरपालिकाको कार्यालयमा गरिएको तालावन्दीप्रति कडा आपत्ति प्रकट गरेको छ । ति दलहरुले जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टी स्थानीय निकायबाट निर्वाध सेवा पाउने जनताको अधिकारलाई कुण्ठित हुने गरी तालावन्दी गरेको भन्दै ति तालावन्दी तत्काल हटाउन जिल्ला प्रशासनलाई समेत आग्रह गरेको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध वाईसीएलका जिल्ला इन्चार्ज मनोजकुमार साहले आफुहरु प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादव कहाा पुगेर समस्याको तत्काल समाधान गर्न ज्ञापन दिएको बताउनुहुदै सोमबार तालावन्दी खोलिने आश्वासन पाएको बताउनुभयो । उहााले भन्नुभयो, ‘यदि सोमबार प्रशासनले तालावन्दी नखोले आफुहरु जवरजस्ती तालावन्दी खोल्ने छौं र त्यसबाट सिर्जना हुने परिस्थितीको जिम्मेवारी प्रशासन स्वयं हुने चेतावनी समेत दिइसकेका छौ ।’
3