अन्तर्राष्ट्रिय टि-२० मा करणले पूरा गरे ५० विकेट

काठमाडौं । तेज गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। उनले त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक श्रृखंला अन्तर्गत पिएनजीविरुद्धको खेलमा ५० विकेट पूरा गरेका हुन्।
उनले लेगा साइका र कप्तान असद भालालाई समान एक/एक रनमा आउट पारे। करणले पहिलो ओभरकै चौथो बलमा सिएकालाई आसिफ शेखबाट क्याच गराउँदै करियरको ५० औं टि-२० अन्तर्राष्ट्रिय विकेट लिएका हुन्।
उनले ३६ खेलबाट यो उपलब्धी हाँसिल गरे। करण नेपालबाट अन्तर्राष्ट्रिय टि-२० मा ५० विकेट लिने दोस्रो बलर हुन् । यसअघि कप्तान सन्दीप लामिछानेले ५० विकेट लिइसकेका छन्।
Facebook Comments Box
