बिजयनगरमा माओवादी केन्द्रको राजनैतिक प्रशिक्षण सम्पन्न

सेयर गर्नुहोस

कपिलवस्तुको बिजयनगर गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)को बृहत्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कृष्णध्वज खड्काले वर्गिय समानताको लागी माओबादी केन्द्र जनयुद्ध लडेको बताउँनुभयो । हजारौ सहिदहरुकै कारण आज हामी नेपालीहरु आफ्नो हक अधिकार मागेर हैन लडेर लिन सक्ने बनाउने पार्टी नै माओबादी केन्द्र रहेको स्पष्ट पार्नुभयो । नेपालको ईतिहाँसमा माओबादीको वर्गिय समानताको लागी भएको जनयुद्धको कारण सँघियता,गणतन्त्रता,धर्मनिपेक्षता,राज्यका हरेक निकायमा दलित,जनजाती,महिला,मुस्लिम,मधेशी एवम अल्पसँख्यक समुदायको प्रतिनिधित्व गराउने पार्टी नै नेकपा(माओबादी केन्द्र) रहेको बताउनु भयो ।
उहाले अबको निर्वाचनमा माओवादीले जित्ने दाबी गर्दै आफुले संघर्ष गरेर ल्याएको व्यवस्थालाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सयोजक रामचन्द्र शाह(बिस्णु)ले जिल्लामा पार्टीका गतिविधि निरन्तर चलिरहेको बताउनुभयो । निर्वाचनमा धेरै ठाउँ जित्ने गरि लाग्न आग्रह समेत गर्नुभयो ।
लुम्बिनी प्रदेश सदस्य अर्जुन सापकोटाले माओवादीका एजेन्डामा अहिले मुलुक चलेको बताउनुभयो । पार्टीलाई मजबुत बनाउन सबै संगठनहरु सकृय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेस सदस्य उमा बिक लगायतले बोल्नुभएको थियो । पार्टीका गाउँ कमिटी अध्यक्ष तेज प्रसाद पौडेलको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको छ ।सोहि अवसरमा पार्टी कार्यालय उद्घाटन समेत गरिएको छ।

Facebook Comments Box