उत्तर प्रदेशका १५ करोड मानिसले थप ३ महिना निशुल्क रासन पाउने

सेयर गर्नुहोस

लखनऊ/भारत,चैत्र १३ । उत्तर प्रदेशका १५ करोड गरिब जनताले आगामी तीन महिनासम्म नि:शुल्क रासन पाउने छन्। मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो नयाँ मन्त्रिपरिषद्को पहिलो निर्णयको जानकारी दिएका छन् ।

मुख्यमन्त्रीले भने, ‘आजको मन्त्रिपरिषद्ले आगामी ३ महिनासम्म निःशुल्क रासन योजना लागू गर्ने निर्णय गरेको छ । यसबाट राज्यका १५ करोड जनतालाई फाइदा हुनेछ।’

मुख्यमन्त्री योगी आदित्यनाथ यो योजना मार्च २०२२ मा समाप्त हुँदै छ। यसलाई थप तीन महिना लम्ब्याउने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए। यस अन्तर्गत यूपीका १५ करोड जनतालाई खाद्यान्न उपलब्ध गराइने बताए।

उनले भने, ‘यस अन्तर्गत प्रत्येक परिवारले ५ किलो खाद्यान्न पाउँछन् । प्रदेश सरकारले प्रत्येक परिवारलाई १ केजी दाल, १ केजी प्रशोधित तेल र १ किलो आयोडिनयुक्त नुन उपलब्ध गराएको थियो । यसका साथै अन्त्योदय परिवारलाई १ किलो चिनी पनि उपलब्ध गराइएको छ । अब मन्त्रिपरिषद्ले यो योजनालाई आगामी तीन महिनासम्म लम्ब्याउने निर्णय गरेको छ ।’ बीबीसी

Facebook Comments Box