माओवादीले एमालेसँग टाँसिएर जित्ने सपना नदेखे हुन्छ : महेश बस्नेत
काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्र कम्युनिष्ट भएकाले ती दलहरूसँग तालमेल नहुने बताएका हुन् ।
उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए । निर्वाचनमा स्थानीयस्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरूलाई आग्रह गरे ।
Facebook Comments Box
