नेपालगन्जमा आजदेखि लोसपाको प्रशिक्षण शुरु

सेयर गर्नुहोस


नेपालगन्ज चैत ११ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम (शनिवार) देखि नेपालगञ्जमा सुरू भएकाे छ । आगामी स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरु भएकाे छ ।लोसपा बाँके जिल्ला अध्यक्ष लाक्ष्मीनयरण बार्माका अनुसार स्थानीय निर्वाचन पार्टीको विधान लगायतको विषयमा प्रशिक्षण केन्द्रित रहेको छ ।प्रशिक्षको एजेण्डामा मधेश, थरुहट तथा सिमान्तकृत समुदाय अवस्था, लोकतान्त्रिक समाजवाद र लोसपाको कार्यदिशा समेत रहेको बार्माले जानकारी दिए ।अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगातकाले लोसपाको आगामी कार्यदिशाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।लुम्बिनी प्रदेशको बाँके, बार्दिय, दाड का एक सय जना अगुवा नेता कार्यकर्ताहरु संलग्न रहेको प्रशिक्षमा शरदसिंह भण्डारी, सवेन्द्रनाथ शुक्ला, जय निशान्त आदीले पार्टीको आगामी रणनीति तथा स्थानीय तह निर्वाचनमा सहभागिताको बारेमा प्रशिक्षण दिनेछन् ।

Facebook Comments Box