१५ बैशाख २०८१, शनिबार

कृष्णनगर भन्सार राजस्व पुग्याे ३ अर्ब ।।

लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल
श्रावण ११ कपिलबस्तु ,
कृष्णनगर भन्सार कार्यलयले यस बर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गर्दै कृष्णनगर भन्सारले पहिलो पटक ३ अर्वको राजस्व सकंलन आकडा पार गरेको छ । कृष्णनगर भन्सार कार्यालयले तोकिएको लक्ष्यको १ सय २७ प्रतिशत बढी राजस्व उठाउदै सो आकडा पार गरेको हो ।आर्थिक बर्ष २०७३/७४ को अवधीमा अबधीमा लक्ष्यको तुलनामा २७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको हो । गत फागुन १५ गते २ अर्ब ३७ करोडको बार्षिक संशोधित राजश्व लक्ष्य तोेकेको थियो ।यो बर्ष ३ अर्ब १ करोड राजश्व असुली भएको कार्यालयका भन्सार कार्यलयले जनाएको छ। यस अघि बार्षिक लक्ष्य १ अर्ब ६१ करोड लक्ष्य तोकिएको थियो । राजश्व तर्फ १ अर्ब ९४ करोड, मुल्य अभिबृद्धि कर तर्फ १ अर्ब ४ करोड र अन्तशुल्क तर्फ २ करोड ६९ लाख संकलन भएका छन । मुल भन्सार कार्यालय सहीत कृष्णनगर भंसार सहित थप ५ छोटी भंसार सञ्चालनमा रहेका छन । सुठौली, चाकलचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन । गत आवको अबधीमा बेरुजु शुन्य बनाईनुका साथै चालु आवका कुल १ सय ५५ मुद्दा फर्छौट गरिएको छ । मुद्दा फर्छोटबाट भंसारलाई ४६ लाख रुपैया राजश्व संकलन भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट