२६ भाद्र २०८१, बुधबार

कराेडाैंकाे सम्पत्तिमा खिया ।

कपिलवस्तु , साउन ४ । कराेडाैकाे सामानमा खिया लागेर कपिलबस्तुकाे बहादुरगंजमा रहेकाे लाेकभक्त सहकारी संस्था १० बर्ष देखि बन्द छ । सर्वसाधारणलाई सुविधा पुग्नेगरि बिस २०३४ सालमा स्थापित तात्कालिनकाे स्थानिय गाउँ पञ्चायत बहादुरगंज, अजिगरा, पत्थरदेईया ,पुरुषाेत्तमपुर ,जवाभारी लगायतका दर्जन बढी गाबिसका किसानहरुलाई शुपथ मुल्यमा खाद, दुग्ध मापन तथा परिक्षण , धान कुटाई तथा स्टेशनरीका समान बिक्रि गरिन्थ्यो । हालकाे स्थितिमा संस्थाकाे जग्गा र कराेड बढीका मसिन पुर्जाहरु बिगि्रएर काम नलाग्ने भएका छन भने महंगा इलेक्ट्रिक माेटरहरु चाेरी भईसकेकाे अवस्था छ । बीस बर्षदेखि स्थानिय निकाय प्रतिनिधि बिहिन बनेका कारण याे संस्थापनि डुबेकाे पत्थरदेईया ,मयनारीका मनाेज मिश्रका भनाई छ । संस्थाकाे मेसिनहरु प्रयाेग गर्न नसकिने अवस्थामा अर्कै सरकारी कार्यालयहरु स्थापना गरे राम्राे हुने स्थानिय पत्रकार निरहु यादव बताउछन ।

धेरै कमेन्ट गरिएका