१२ बैशाख २०८१, बुधबार

शुद्ध प्लसमा ताला, मेडिकलहरु प्रशासनकाे शिकंजामा ।।

शुद्ध प्लसमा ताला जडियाे , जनस्वास्थ्यसंग खेलवाड गरेकाे अाराेप                                                                                                            कपिलबस्तु ,असार २३। कानुन मिचेर उत्पादन गरिरहेकाे देश कै ठेलाे गुटखा कम्पनी शुद्धप्लसमा तालाबन्दी गरिएकाे छ ।                                                 जिल्लाका सहायक सिडियाे रामेश्वर अार्यालकाे नेतृत्वमा गएकाे खाद्य तथा गुण नियन्त्रण कार्यालयकाे टाेलीले शुद्ध प्लस उत्पादन गर्ने कम्पनी विजर्ड फ्रेगनेन्स कम्पनीमा दिउसाे तीन बाजे छापामारी गरेर सिल गरेकाे छ । सुर्ति तथा गुटखाकाे प्रयाेग नियन्त्रण गर्न सरकारले प्याकेटकाे ९० प्रतिशतमा क्यान्सर राेग झल्काउने तस्वीर राख्ने अनिवार्य गरेकाे छ तर कृष्णनगर वडा न:८ मा रहेकाे शुद्ध प्लस कम्पनीले मनमानी त्वरले उक्त अादेशकाे अवहेलना गर्दै ४० देखि ५० प्रतिशतमा मात्रै चेतावनी विज्ञापन राख्दै अाएकाे छ । मासिक डेढ देखि दुई कराेड राजस्व बुझाउने देश कै ठुलाे श्रेणीकाे करदाता कम्पनीले मनपरी ढंगले अलग थरिकाे प्याकेट बजाारमा पठाउदै गरेकाे छ । पुर्वमन्त्री विरेन्द्र कानाेडियाका भाई महेन्द्र कानाेडिया प्रबन्धक रहेकाे उक्त कम्पनीमा २०० बढी मजदुर कार्यारत छन ,तर कसैलाई मास्क सम्म उपलब्ध नगराएकाेले श्रमिककाे स्वस्थ्यका साथै सर्वाेच्चकाे निर्देशनकाे उलंघन गरि जनतालाई पनि धाेखा दिदै अाएकाे इलाका प्रशासन चन्द्राैटाका प्रशासकिय अधिकृत जगदीश भागतले बताए छन। वहांका अनुसार यश कम्पनीलाई सुर्तीजन्य पदार्थ नियामन तथा नियन्त्रण ऐन २०६८ बमोजिम कानुनी कार्यवाही अगाडि बढाईने छ । त्यसैगरि चन्द्रौटामा अनुगमनमा बिन्दबासिनी मिष्ठान भण्डार देखी गुल्सन मेडिकल बन्जाडे किराना पसल लगायत बाट अखाद्य सामान बरामद गरिएकाे थियाे भने जनता हेल्थ केयरलाई पनि सिल गरिएकाे छ । क्षेत्रिय खाद्य प्रबिधि तथा गुण नियन्त्रर्ण कार्यालयको आयोजनामा आज जिल्लाको चन्द्रौटा र बहादुरगंजमा बजार अनुगमन गरिएको थियो । जिल्लाको चन्द्रौटा बजारमा रहेको जनता मेडिकल सेन्टरमा अनुगमन गर्दा आबश्यक पुर्बाधार बिनानै संचालन गरेको,एन.एम.सि रजिस्टर नम्बर उपलब्ध हुन नसकेको,कर्मचारी बिबरण नभएको,ल्याब स्विकृत बिना ल्याब संचालन गरेको पाईएकाले ३० गते भित्र आबश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थि हुन लिखित निर्देशन गर्दै अनुगमन टोलीले सिल बन्दि गरेको छ ।
त्यस्तै चन्द्रौटामा रहेको गुल्सन मेडीकल हल बन्जाडे किराना पसलमा पनि अनुगमन गर्ने क्रमम फार्मेसिको अनुमती लिएर कस्मेटीक सामानहरु बिक्रि गरेको र केहि औषधीहरु मिती सकिसकेको भन्दै कस्मेटीक सामग्रीहरु र औसधीहरु बरामत गरेको छ ।
संचालकलाई आबश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थितीका लागि निर्देशन गर्दै तोकेको समयमा जिल्ला प्रशासनमा नपुगे सिलबन्दि गर्ने बताएको छ । चन्द्रौटामा दर्जनौ किराना पसल,होटल लगायत औषधी पसलहरु अनुगमन गरिएको थियो । धेरै जसो पसलमा मिती सकिएका सामानहरु बरामत गरिएको थियो भने केहि औषधी पसल ब्यबस्थित रहेको पाइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका निमिक्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अधिकृत आनन्द डंगोल,जन स्वास्थ्य कार्यालयका प्रतिनिधि अशोक बिश्वकर्मा,घरेलु तथा साना उद्योग कपिलबस्तुका मनोज शैनि,पत्रकार महासंघ कपिलबस्तु शाखाका डिलाराम भुसाल,ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश अर्याल लगायत संचारकर्मीहरुको सहभागितामा अनुगमन गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट