वडा नं ८ का अध्यक्ष अहिर सहित २०५ नेपाली कांग्रेसमा प्रवेश

नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष शंकर अहिर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । शिवराज नगरपालिका वडा न। ८ को कार्यालय विसनपुरले आयोजना गरेको पार्टीको बृहत आम भेला तथा पार्टी प्रवेश कार्यक्रममा वडा अध्यक्ष अहिर, वडा सदस्यहरु, झिनकन पासी, पुस्पावती पासी,प्रभावती पासी लगाएत विभिन्न पार्टी परित्याग गरि २०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
२०७४ सालको स्थानिय निर्वाचनमा संघिय समाजबादी फोरमबाट वडा अध्यक्ष बनेका अहिरलाई नेपाली कांगे्रसका युवा नेता प्रतिनिधी सभा सदस्य अभिषेक प्रताव शाह, जिल्ला सचिव प्रेम बहादुर रायमाझी लगाएत कांगे्रस नेताहरुले पार्टी प्रवेश गराउनु भएको हो ।
नव प्रवेशिलाई पार्टि सदस्यता प्रदान गर्दै सांसद शाहले कांग्रेसमा स्वागत गर्नुभएको छ । शाहले वडा अध्यक्ष अहिर नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गर्नुभएको छ । शाहले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा युवा नेता तथा प्रतिनिधी सभा सदस्य अभिषेक प्रताव शाह जिल्ला सचिव प्रेम बहादुर रायमाझी, महाधिवेशन प्रतिनिधी विनोद नेपाल, प्यार महोमद मिया,जमशेर अलिमिया, युवा नेता अजय थापा, जिल्ला सदस्य हरि प्रसाद पोख्रेल केशव पाण्डेय, , लगाएतका नेताहरुले सुभकामना व्यतm गरेका छन ।
अहिरले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । वडाका विकासमा समेत थप टेवा पुग्ने अध्यक्ष अहिरले बताउनु भयो । कार्यक्रम नेपाली काग्रेस वडा नं ८ का सभापति उमेश पासी सभापतित्व, मुलचन्द्र यादवको स्वागत मन्तव्य र युवा नेता राजु खरालको संचालनमा सम्पन्न भएको छ ।
