पिएनजीले नेपाललाई दियो १ सय ७४ रनको लक्ष्य

सेयर गर्नुहोस

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको युएई भ्रमणमा रहेको नेपालले अन्तिम खेलमा पिएनजीसँग १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

अघिल्ला दुई खेलमा नेपाल युएईसँग १ सय २० रन र १ सय ३ रनमा समेटिएको थियो। त्यसैले नेपालका लागि पिएनजीले दिएको यो लक्ष्य चुनौतीपुर्ण मानिएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ य ७३ रन बनायो।​

पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै लेगा सिएकाले २० रन बनाउँदा चर्लेस अमिनीले १३ रन जोडे। थप स्कोरका रुपमा सेसु बाउ १९ रनमा पेभिलियन फर्किँदा नोरमन भनुवाले १८ रन बनाए।

उसका लागि चाद सोपर २२ तथा कबुआ मोरेआले १७ रनको अविजित इनिङ खेले। यि दुईले नवौं विकेटका लागि ३६ रनको अविजित साझेदारी गरेका थिए।

नेपालका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सराफले १-१ विकेट लिंदा सन्दीप लामिछाने र र सोमपाल कामीले समान २-२ विकेट हात पारे। पवनको यो एकदिवसिय क्रिकेटमा पहिलो विकेट हो। नेपाल केहि समयपछि जवाफि ब्याटिङका लागि मैदानमा उत्रिने छ।

Facebook Comments Box