१४ बैशाख २०८१, शुक्रबार

नमुना नगर बनाउनका लागि जमशेरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी ।।

कपिलवस्तु 

कपिलवस्तुको शिवराज नगरपलिकाको विकासको लागि यस क्षेत्रका समाजसेवी जमशेर
अली मियाले मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषण गर्नु भएको छ ।
चन्द्रौटामा आज पत्रकार सम्मेलनको अयोजना गरी आप्नो उम्मेदवारी घोषणा
गर्नु भएको हो ।

विगत लामो समय देखी समाज सेवामा सक्रिय मीयाले अब स्थानिय तहको दोस्रो
चरणको निर्वाचनमा सहभगी हुने बताउनु भएको छ । शिवराज नगरपालिका भित्र
शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा, विकास निर्माण लगायत समृद्ध नगर
निर्माणको लागि उम्मेदवारी दिएको उहााले बताउनु भयो । साथै उहाले
नगरको चौतर्फी विकासका लागि मतदाताको अमुल्य मत दिएर विजयी बनाउन
अनुरोध गर्नु भयो ।

शिवराजको विकासका लागि सबैसग हातेमालो गरी आप्नो उम्मेदवारी परेको
भन्दै स्वतन्त्र उम्मेदवार मियाले निर्वाचन आपनो पक्षमा बहुमत भएकोले
उम्मेदवारी घोषण गरेको बताउनु भयो । स्वतन्त्र उम्मेदवार मियाले शिवराज
भित्र रहेका सबै वडाको चौतर्फी विकास गर्नका लगि अघी बढेको बताउनु भयो ।
उहाले आप्नो ३४ बुदे प्रतिवद्धता सर्वजानिक गर्दै यस क्षेत्रको समृद्ध गर्न अघी
बढने बताउनु भयो ।

कपिलवस्तुको शिवराज नगरपालिकामा लामो समय सम्म नेपाली कांग्रेसले मेयर
पदमा जमशेर अलि मियााको नाम अगाडी सारेपनि अन्तयमा अरुलाई मेयरपदमा
उठाउने निर्णय गरै पछि कांग्रेसमा लामो बिवाद देखिएको थियो ।

आफुलाई पार्टीले बेवास्ता गरेको र आफुसंग जनताको बहुमत भएकोले मेयर
पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको पत्रकार सम्मेलनमा बताउनु भयो ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ५ का क्षेत्रीय प्रतिनिधी समेत रहेका मियाा
उद्धोग वाणिज्य संघ चन्दौटाका अध्यक्ष समेत हुन ।

सामाजिक सदभाव आर्थिक विकाश सहितको उत्कृष्ट नगरको पहिचान जनउत्तरदायी
भष्टचार सहित स्थानिय सुशासन मेरो लाई आत्मसात गरि चुनावमा होमीएको
बताउनु भयो । प्रतिवद्धता पत्रमा शिवगढीमा केबुलकार, नगरक्षेत्र भित्र ६ वटा
एम्बुलेनस संचालन, सौर्य बति जडान, बिउ विजन, मलखाद तथा कृषि औजारमा
सहुलियत प्रमुख एजेन्डा रहको छ

धेरै कमेन्ट गरिएका

ताजा उपडेट