भाेलीदेखि झन सशक्तरुपमा अान्दाेलन गर्ने केन्द्रीय नेता मिश्रकाे भनाई

सेयर गर्नुहोस

कपिलबस्तु ,जेठ ३०। संविधान संशाेधनका लागि अान्दाेलित राजपाले भाेली देखि अान्दाेलन झन सशक्त बनाउने केन्द्रीय नेताहरुकाे भनाई छ ।
चार दिनकाे अाम हड्तालमा अाज पहिलाे दिनकाे मधेश बन्द कपिलबस्तु लगायत अन्य जिल्लाहरुमा पनि सफल भएकाेले मांग सम्बाेधन गराउनका लागि भाेलिदेखि झन कडारुपमा प्रस्तुत हुने राष्ट्रीय जनता पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्र उर्फ राजगुरुकाे भनाई छ । खसबादी पार्टीहरु कांग्रेस, एमाले ,माअाेबादी र राप्रपाले संविधान संशाेधन गर्न नचाहेकाेले चुनावमा नगई अान्दाेलनमा जानुपरेकाे हाम्राे बाध्यता छ ।

        संविधान लागू गर्न मधेशीकाे नाममा विजय गच्छादारलाई माेहरा बनाएर लागू गरिएकाे थियाे भने अहिले कार्यान्वयनका लागि निर्वाचन गराउन उपेन्द्र यादवलाई अगाडि सारेकाे खण्डमा राजपासंग अान्दाेलन मात्र विकाल्प रहेकाे थियाे । मधेशी जनताले अाफ्नाे ज्यान गुमाएर मधेश अान्दाेलनमा उपेन्द्र यादवलाई सहयाेग गरेकाे थियाे तर उपेन्द्र यादवले मधेश र मधेशी दुवैसंग विश्वासघात गरेकाे मिश्रकाे अाराेप छ ।

   राजपाकाे अान्दाेलन पार्टीकाे मात्र नभएर मधेशी जनता हाे र यसलाई हल्कामा नलिन सत्तापक्षलाई अाग्रह गरेका छन साथै कपिलबस्तुमा भाेट माग्दै हिडेका कांग्रेस ,एमाले , माअाेबादी ,राप्रपा तथा फाेरमका मधेशी उम्मेदवारहरुलाई अान्दोलनमा सघाउन अनुराेध समेत गरेका छन । अान्दाेलनलाई अटेरी गरेमा त्यसकाे प्रतिकार समेत हुन्छ र साेकाे जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ ।

Facebook Comments Box