जेठ ३० देखि असार २ गतेसम्म आम हड्ताल
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले अनिश्चितकालिन आमहड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संविधान संशोधन विना सरकारले स्थानीय निकायको निर्वाचन गराउन खोजेको भन्दै राजपाले निर्वाचन विथोल्न आन्दोलनको घोषणा गरेको हो ।
पछिल्लो पटक सरकारसँग भएको वार्ताहरु पनि असफल भएपछि आइतबार राजपाले आन्दोलनको घोषणा गरेको संयोजक महन्थ ठाकुरले बताए । सरकारले स्थानीय निकायको संख्या बढाउन तथा मधेश आन्दोलनमा लगाइएको मुद्दाहरु फिर्ता लिन पनि अस्वीकार गरेको छ ।
आन्दोलनका कार्यक्रमअनुसार जेठ २९ गते मसाल जुलुस, जेठ ३० देखि असार २ गतेसम्म आम हड्ताल तथा सोही समयमा अन्य कार्यक्रमहरु गरिनेछ ।
त्यस्तै, असार ३ र ४ गते सबै निर्वाचन केन्द्रहरुमा सहिदको तस्बिर राखी प्रदर्शन गर्ने । असार ५ गते सबै जिल्ला सदरमुकामहरुमा लाठी जुलुस, असार ६ गते देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम विथोल्ने ।
असार ८ गते सबै जिल्ला सदरमुकामहरुमा मोटरसैकिल जुलुस र ९ गते मसाल जुलुस रहेको छ । आसर १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको छ ।

