एमालेले स्थानीय तह चुनावमा उम्मेदवार छनाेटकाे जिम्मेवारी ताेक्याे

सेयर गर्नुहोस

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको चुनावमा उम्मेदवार छनाेटको जिम्मेवारी तोकेको छ ।

आज मङ्गलवार बसेको सचिवालयको बैठकले उम्मेदवार छनोटको जिम्मेवारी र मापदण्ड तोकेको हो । जिल्ला कमिटीले वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार छान्नेछ भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको नाम टुङ्गो लगाउनेछ ।

यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैबीच बैठकले केन्द्रीय कमिटी बैठककाे मिति पनि ताेकेकाे छ । पार्टीकाे केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ । यस्तै चैत ७ गते पोलिटब्युरो १३ गते स्थायी कमिटी बैठक बस्नेछ ।

Facebook Comments Box