भीम रावललाई देउवाको प्रश्न : आफू मन्त्रिपरिषदमा रहँदा किन एमसीसी पास गरेको ?

सेयर गर्नुहोस

नुवाकाेट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याउनुभएकाे छ । उहाँले आज साेमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्ताे धारणा राख्नुभएको हो । कार्यक्रममा उहाँले भर्खरै प्रतिनिधि सभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषदमा रहँदा त्याे परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाको प्रश्न थियो, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?’, देउवाले आक्रोशित हुँदै भन्नुभयो, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसै बला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको पटक–पटक सुनाउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवम् एमाले नेता रावलप्रति आक्रोश पोख्नुभएको थियो ।

Facebook Comments Box