दिलिप कुमार यादव, जेष्ठ १, कपिलवस्तु । कपिलवस्तुको पकडीमा रहेको छात्रपाली तिर्थादेवी उच्च मा.वि. पकडीमा विद्यार्थीहरुलाई ट्रफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरुले पढ्ना आउदा र जादाा ट्रफिक नियमको पलना तथा दुर्घटनाबाट सुरक्षित राख्नाको लागी विद्यार्थीहरुलाई ट्रफिक सचेतना कार्यक्रम गरिएको थियो । ट्रफिक नियाम, कानुन, कसुर जरिवाना अदिको बरेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । विद्याथीहरुलाई कसुर तथा जारीवानाको बरेमा जानकारी गराउदै ट्रफिक प्रहारी कार्यलय कपिलवस्तुका प्रहारी नायब निरिक्षक राजिव विष्टले सामान्य कसुरहरु (दफा १६४ अनुसार) गर्ने चालकलाई वढिमा रु २०० सम्म जरिवाना गर्न सकिने छ जरिवाना क्उयत मा वा २४ घण्टे पुर्जी उपलब्ध गराई कार्यालयमा झिकाई गरिने छ ।, निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाएको ।, मादक पदार्थ सेवन गरी सवारी चलाएको ।, ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।, सार्वजनिक आवागमनमा अवरोध पुराउनेलाई दफा १२५ अनुसार रु १००० देखि ५००० सम्म जरिवाना गरिने छ । भन्ने विषयको बरेमा जानकारी गराउनुको साथै विद्यार्थीहरुलाई सडकमा हिडने बरेमा समेत जनकारी गराईएको थियो । सिदार्थ सामाविक विकास केन्द्रको अयोजना तथा ईलाका प्रहारी कार्यलय पकडीको समन्वयमा भएको कार्यक्रमको सहयोग सर्च फर कामन ग्रउण्ड र युके एडले गरेको थियो । युके एड तथा सर्च फर कामन ग्रउण्डको सहयोगमा कपिलवस्तुमा संचालित पहुाच परियोजनाले नागरिक तथा प्रहारी विचको सम्बन्धलाई राम्रो बनाउना यास्तो र्काक्रम गरिरहेको सिदार्थ सामाजिकविकास केन्द्रका पहुाच परियोजना संयोजक प्रकाश घिमिरेले जानकारी दिनु भएको छ । विद्यार्थीहरुले ट्रफिक नियम सम्बन्धी सचेत भए भने घरपरिवारमा पनि सचेत गराउने उद्देश्यले यास्तो कार्यक्रम गरेको सर्चफर कामन ग्रउण्डको कपिलवस्तु संयोजक रुकैया खातुनले बताउनु भयो । कार्यक्रमको सहाजिकरण जिल्ला ट्रफिक प्रहारी कार्यलयका प्रहारी नायब निरिक्षक राजिव विष्ट, ओम प्रसाद पौडेल, प्रसानि अम्मर बहादुरथापाले गर्नु भएको थियो । कार्यक्रम छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडीमा सम्पन्न भएको छ ।
3