वडाकप क्रिक्रेट प्रतियोगिताको उपाधि रुद्रपुरलाई
माधव बेल्वासे ।
चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ को आयोजनामा भएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि पुस्पाराज क्रिक्रेट कल्ब रुद्रपुरले हात पारेको छ । शिवराज नगरपालिका ७ को जवाभारीमा शनिबार भएको फाइनल खेलमा सान क्रिकेट कल्बलाई पराजित गर्दै पुष्पाराज क्रिकेट कल्ब रुद्रपुरले जित हात पारेको हो ।
टस जितेर व्याटिङ गरेको सानले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जबाफी ब्याटिङमा उत्रिएको पुस्पाराजले एक बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।
बलिङतर्फ पुस्पाराजका लागि गंगेस हरिजनले उत्कृष्ट प्रर्दशन गरेका थिए । ४ ओभर बलिङ गरेका हरिजनले ३ विकेट लिएका हुन् । हरिजन अन्तिम खेलको म्यान अफ म्याट बन्न सफल भएका छन् ।
वडा कप विजेता टिमलाई शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले नगदसहित पुरस्कृत गरेका छन् । विजेता पुस्पाराज रुद्रपुरले ट्रफी मेडल र नगद १५ हजार रुपैयाँ हात पारेको छ । उपविजेता सान कल्बले ट्रफी र मेडलसहित नगद १० हजार हात पारेको छ ।
कुल १६ टिमको खेलमा सहभागिता रहेको थियो । खेल पश्चात पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले वडामा क्रिकेटको आकर्षण राम्रो भएकाले प्रतियोगिताको आयोजना गरेको बताए । खेलबाट केही उत्कृष्ट खेलाडीहरु अगाडि आएको बताउँदै उनीहरुलाई प्रोत्साहन गरिने चौधरीको भनाइ छ ।
