युक्रेनबाट नेपाली फर्काउन सहयाेग गरेकाेमा नरेन्द्र माेदीलाई देउवाकाे ट्विट

सेयर गर्नुहोस


काठमाडौं , फल्गुन २८ । भारतले युक्रेनबाट नेपाली नागरिकहरुलाई उद्धार गरि स्वदेश पुर्याउदै आएकाेले प्रधानमन्त्री शेरवहादुर देउवाले नरेन्द्र माेदीलाई धन्यवाद दिनुभएकाे छ ।

रुस-युक्रेन युद्धका बीच युक्रेनमा फंसेका आफ्ना नागरिकहरुलाई भारत फर्काउन प्रधानमन्त्री नरेन्द्र माेदीले अप्रेसन गंगा चलाएका थिए । पन्द्रह हजारभन्दा बढी नागरिककाे उद्धार गरिएकाे भारतीय मिडियामा समाचार छ । त्यही क्रममा नेपाल सरकारकाे पहलमा भारतीय सेनाकाे जहाजले ४ जना नेपाली नागरिकलाई पनि फर्काई स्वदेश पुर्याउन मद्त गरेकाे छ । साे रेस्कयुलाई भारत सरकारले प्राथमिकतामा रखेकाले प्रधानमन्त्री नरेन्द्र माेदीलाई प्रधानमन्त्री देउवाले आफ्नाे अफिसियल ट्युटरबाट धन्यवाद दिनुभएकाे छ ।

Facebook Comments Box