माओवादी छाेड्ने लहर , नगरप्रमुख र प्रदेश सांसदद्वारा पार्टी त्याग

सेयर गर्नुहोस


काठमाडौं । निर्वाचन काे मुखमा निर्वाचित जनप्रतिनिधिहरुले माओवादी केन्द्र छाेड्ने लहर चलेकाे छ ।
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्ट पार्टी परित्यागको घोषणा गरेका छन्। त्यसतै रंगेलीका नगरप्रमुख दिलिप कुमार अग्रवाल पनि एमाले प्रवेश गर्ने भएका छन।                                   काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसदबाट एमसिसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए। उनले पार्टी नेतृत्वले एमसिसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दापछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रूपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।

उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।

Facebook Comments Box