सांसद शाहले दिए याेगी आदित्यनाथलाई जीतकाे बधाई , शपथग्रहणमा निम्ताे
कपिलवस्तु , फल्गुन २७। उत्तरप्रदेश विधानसभा निर्वाचनमा मुख्यमन्त्री याेगी आदित्यनाथलाई सांसद अभिषेक प्रताप शाहले जीतकाे बधाई दिनुभएकाे छ ।
भारतकाे पांच राज्यकाे चुनावी नतिजामा चार वटा प्रदेशमा सत्तारुढ पार्टी भारतीय जनता पार्टीकाे बहुमतकाे सरकार बन्ने पक्का भएपछि कपिलवस्तु क्षेत्र ३ का नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी अदित्यनाथ लाई शुभकामना दिएकाे बताउनुभएको छ। आज बिहानै फाेनमार्फत शुभकामना दिएकाे र याेगी अदित्यनाथले शपथ ग्रहणमा निम्ताे पनि गर्नुभएकाे सांसद शाहले जानकारी दिनुभएकाे छ ।
सांसद शाहले नेपालकाे सिमासंग सटेकाे उत्तरप्रदेश राज्यकाे निर्वाचनमा माेदी र याेगीकाे बिकास माेडेल र राष्ट्रवादलाई जनताले भाेट दिएकाे बताउनुभयाे । याेगीसंग सिमासमबन्धी संवाद भएकाे पनि जानकारी दिनुभयाे । उनले हाम्राे देशमा पनि कम्युनिस्ट पार्टी भ्रम छर्दै खाेक्राे राष्ट्रवादकाे नारामात्रमा सिमित रहेकाे कुरा जनता बुझिसकेकाे र आउने निर्वाचनमा नेपाली कांग्रेसलाई देशकाे नम्बर एक पार्टी बनाउने निश्चित गरिसकेकाे बताउनुभयाे ।
गाेरखपुरबाट जीत हासिल गरेका आदित्यनाथले आफूसँगै भारतीय जनता पार्टीलाई पनि भारी बहुमत दिलाएका छन्। ४०३ सीटमा भाजपाले २७३ सीट जितेको छ। यो भनेको करिब ६८ प्रतिशत नतिजा हो।
