मेयर टिकटका लागि एमालेमा उम्मेदवारबीच प्रतिस्पर्धा

२७ फाल्गुन , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी एमालेमा ३ जना उम्मेदवारबीच टिकट पाउन प्रतिस्पर्धाबढेकाे छ ।
स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा चोक चौराहामा उम्मेदवारहरुको चर्चा सुरु भएदेखि टिकट पाउन संघर्ष बढेकाे छ ।
जिल्लाको कृष्णनगर नगरपालिका अन्तरगत विभिन्न पार्टीका नेताहरु टिकट मैले पाउनु पर्छ भन्दै दौडधुपमा लागेको पाइन्छ ।
कृष्णनगरमा नेकपा एमालेको मेयर पदमा तिन जना उम्मेदवार चर्चामा रहेका छन । कृष्णनगरमा नेकपा एमालेलाई उम्मेदवार छनोटमा समस्या हुने देखीएको छ ।
कृष्णनगर एमालेबाट कुनाल प्रताप शाह, राशिद मिर्जा र शिव प्रसाद कलवार टिकट पाउने आशामा बसेका छन । तिनै जना सम्भावना बोकेको नेताहरु आंकाक्षी व्यक्त गरेपछी समस्या हुने देखीएको हो ।
कुनाल प्रताप शाह .
कुनाल प्रताप शाह नेपाली कांग्रेसका पुराना नेता रुद्र प्रताप शाहका नाती हुन । कांग्रेसमा टिकट पाउने सम्भावना नरहेपछी कुनाल एमालेमा प्रबेश गरेका छन ।
रुद्र प्रताप शाहले चाहे कुनाललाई एमालेबाट टिकट पाउने बलियो सम्भावना देखीन्छ । राजनितीक मैदानमा पहिलो पटक उत्रीन लागेका कुनाल शाहलाई एमालेले समेत टिकट दिने धेरैको अंकलन रहेको छ ।
राशिद मिर्जा .
कृष्णनगर युवा संघका नगर अध्यक्ष हुने राशिद मिर्जा । मिर्नाले टिकट पाउने दावी गर्दे आएका छन । एमालेले आफुलाई टिकट दिए जित्ने दावी सहीत उम्मेदवार बन्ने चर्चा चलेको छ ।
मुस्लीम आयोगका सदस्य अरशद मिर्जाका भाई हुने राशिद मिर्जा ।
एमालेमा राम्रो पकड बनाएका अरशद मिर्जा भुमिका निर्वाह उनका भाई राशिद मिर्जाले टिकट पाउने सम्भावना देखीन्छ ।
शिव प्रसाद कलवार
शिव प्रसाद कलवारलाई कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारि दिन दिन थप मेहनत गर्नु पर्ने देखिन्छ ।
शिव प्रसादले टिकट ल्याउन केन्द्रिय स्तरका नेतालाई भेटघाट कार्यलाई जारी राखेका छन । गत निर्वाचनमा माओवादी केन्द्र बाट उम्मेदवार बनेका जयसवाल अब एमालेले टिकट दिने नदिने भन्ने बिषय अन्योलमा रहेको छ ।
कलवार केपि ओलि देखि जिल्लाका नेताहरुसग भेट्घाट गरेर टिकट पाउने लविङ गरिरहेका छन । मुस्लिम समुदायमा राम्रो प्रभाव रहेका मिर्जाले टिकट पाउने उनका समर्थकहरुको दावी छ ।शिव प्रसाद कलवारलाई केहि महिना पहिले एमाले अध्यक्ष ओलिले एमालेमा प्रवेश गराएका हुन ।(तस्बिर: फेसबुकवालाबाट)
