१३ बैशाख २०८१, बिहीबार

कृष्णनगरलाई जाेड्ने २ वटा सडक कालाे पत्रे हुने ।।

अंकुश श्री / कपिलबस्तु, बैशाख २३ । जिल्लाकाे प्रमुख बजार कृष्णनगरलाई वरपरका गाउंसंग जाेड्ने दुई वटा सडककाे स्ताेन्नति हुने भएकाे छ । पुर्वमन्त्री एवं समानुपातिक सांसद अकबाल अहमद शाहकाे पहलमा कृष्णनगर नगरपालिका भित्रका दर्जनाैं बढी गाउंलाई मुख्य बजारसंग जाेड्न दुईवटा सडकलाई कालाेपत्रे गरिने भएकाे छ । अार्थिक बर्ष २०७४/०७५ काे बजटमा प्राथमिकताका साथ कृष्णनगर बजारलाई सबैतिरबाट पक्की सडकले जाेड्ने याेजना बनाएका सांसद शाहले झण्डानगर देखि लक्ष्मीनगर दरगाह सम्मकाे २ किमि बाटाे पक्की बनाईने जानकारी गराएका छन । भाैतिक याेजना तथा पुर्वाधार मन्त्रालयले अाउने अार्थिक बर्षमा साे बाटाे निर्माण शुरु गर्ने भएकाे छ साथै अारटीअाे देखि हेल्थपाेष्ट हुँदै चैपुरवा-पटनाकाे कुल १ किमि सडक कालाेपत्रे गरिने याेजनाबारे सांसद शाहले बताएका छन । त्यसैगरि हरदाैना गाबिसकाे अगही मुजहनी गाउँकाे बीचमा पर्ने साेतानाला पुललाई पनि ढलान गर्ने बजेट विनियाेजन हुने भएकाे छ । संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत पनि सांसद अभिषेक प्रताप शाह र अकबाल अहमद शाह दुवै अाफ्नाे धेरैजसाे रकमकाेष विगतका दुई बर्षदेखि बाटाे र पुल मर्म्मत मै खर्चेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट