एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

बैतडी : नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन्।
नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।
चन्दलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन्। यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई पनि सहमहामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गरेका छन्।
कांग्रेस प्रवेश परेकी उपाध्यक्ष चन्दले एमाले पार्टी मन नपरेको र भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको बताएकी छन्। यस्तै चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी थिइन्।
