१३ बैशाख २०८१, बिहीबार

श्रमिक महिलाको पीडा कस्ले बुझ्ने ?

नवराज पौडेल

कपिलवस्तुको शिवराज नगरपालिकामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।
जिल्लाको शिवराज नगरपालिकाका २ स्थानमा नारी दिवश मनाउदंै गर्दा वास्तविक श्रमिक महिलाहरुलाई भने नारी दिवशको बारेमा जानकारी नभएको बताएका छन् ।

मङ्गबार शिवराज नगरपालिका वडा नम्वर १० स्थित विकास ईटा उद्योगमा कार्यरत महिलाहरु संग गई हामीले केहीबेर वार्तालाप गरेका थियौं ।
इटा बनाउदै गरेकी ती महिलालाई नारी दिवसको बारेमा केही थाछ छैन , होस पनि कसरी जस्को दैनिक इट्टा बनाउदैमा बितेको छ । त्यही वडामा १ लाख र नगरमा १ लाख खर्च गरेर धुमधामले कार्यक्रम गरिरहेका छन ।कार्यक्रममा महिला र पुरष बराबर भन्दै भाषण पनि दिइरहेका छन । नाम परिवर्तित फुलमती चौधरी भन्छिन । हामीलाई दिनमा कति इटा बनायौं त्यो थाहा हुन्छ ।विहान सांझको खानाको जोहो कसरीगर्ने यही चिन्ता छ । जुन दिवश आएपनि हामीलाई कस्ले ध्यान दिन्छ , श्रमिक महिलाको हकहितका लागी कसैले आवाज उठाउदैनन् उनले गुनासो गरिन । आज शिवराज नगरपालिका र वडा नम्वर १० गरि ले २ लाखको बजेटमा कार्यक्रम सम्पन्न गरे तर नारा श्रमिक महिला दिवस भन्दै बजेट सक्काउने काम मात्रै भएको जनगुनासो आएको छ ।
यसै बारेमा हामीले शिवराज नगरपालिका नगरपालिकाका उप प्रमख शिवकुमारी चौधरी सङ्ग बुझ्दा सवै महिलालाई समेट्न नसकोको स्वीकार गर्नु भयो । उहाले प्रत्येक वडामा यस कार्यक्रमको आयोजन गर्न सकिएमा सवैलाई समावेश गर्न सकिने जनाउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट