नारी दिवसको अवसरमा दिल्लीमा नेपाली चेली सम्मानित

सेयर गर्नुहोस

नारी दिवसको अवसरमा दिल्लीमा नेपाली चेली सम्मानितनयाँ दिल्ली, फाल्गुन २४। भारतको नयाँदिल्लीस्थित दिल्ली महिला आयोगले महिला हिंसाविरुद्ध सक्रिय एक नेपाली चेलीलाई सम्मान गरेको छ ।

आफू स्वंय हिंसाको सिकार भएर त्यसविरुद्ध डटेर लडेकी बुटवलकी सुशीला कँडेललाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्मान गरिएको हो ।
महिला आयोगले ‘अन्तर्राष्ट्रिय वुमेन्स डे अवार्ड–२०२२’ बाट कँडेललाई सम्मान गरेको जनाएको छ । आयोगकी अध्यक्ष स्वाती मालिवालले उनलाई उक्त सम्मान प्रदान गरेकी थिइन् । मञ्चमा आइपुगेकी कँडेललाई अँगालो हालेर यस्तै काममा निरन्तर लाग्न हौसला दिएकी थिइन् । २२ वर्षीया कँडेललाई उनका पतिले नै दिल्लीमा राखेर कुटपिट र हिंसा गर्दैआएपछि उनी त्यसबाट छुटकारा पाएपछि हिंसाविरुद्ध लागेकी हुन् । उनलाई पतिबाटै यौन कार्यमा लाग्न दबाब दिइएको थियो ।

तर, त्यस कार्यलाई अस्वीकार गर्दै कंडेलले पतिविरुद्ध लडाइँ लडेकी छन् । उनी आफ्ना पतिविरुद्ध प्रमण जुटाएर नेपाल र भारत दुवै देशका अदालतमा मुद्दा लडिरहेकी छन् । उनले अनेकौं सामाजिक दबाब झेल्दै महिलाविरुद्धको हिंसामा आफूलाई उभ्याएकीले अन्तर्राष्ट्रिय मञ्चमा उनको सम्मान भएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।

महिला सशक्तिकरणको सवालमा उनले थालेको लडाइँ प्रंशसनीय रहेको उनले उल्लेख गरे । महिला हिंसा र बेचविखन विरुद्ध कार्यमा किन इन्डिय दिल्लीमा सक्रिय छ । कँडेललाई उनको मुद्दा मामिलामा यही संस्थाले साथ पनि दिएको छ ।

आफूलाई हिंसाबाट जोगाएकी कँडेल यतिबेला महिला हिंसा र वेचविखन विरुद्धको अभियानमा जुटेकी छन् । कार्यक्रममा वक्ताहरूले उनको उच्च प्रशंसा गरेका थिए ।कान्तिपुरबाट

Facebook Comments Box