नयाँ शक्ति र संघीय समाजवादी फोरमद्वारा संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन
काठमाडौं, वैशाख १६
स्थानीय चुनावमा एउटै चुनाव चिन्ह लिने निर्णय गरेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन गरेका छन् ।
हातले समातेको मशाल चुनाव चिन्ह लिने तय गरेका दुवै दलले चुनाव परिचालन र संयोजनकालागि संयुक्त समिति गठन गरेका हुन् ।
समितिमा नयाँ शक्तिका तर्फबाट रामचन्द्र झा, दुर्गा सोब, देवेन्द्र पौडेल परशुराम खापुङ खिमलाल देवकोटा, र संघीय समाजवादी फोरमका तर्फबाट हेमराज राई, दानबहादुर बिक, अजम्बर काङबाङ धिरेन्द्र श्रेष्ठ गणेश योञ्जन र लालध्वज तामाङ हुनुहुन्छ ।
दुवै दलले प्रदेश जिल्ला तथा स्थानीय तहमा समेत संयन्त्र गठन गरी तदारुकताकासाथ काम गर्ने, दुवै दलका नेता कार्यकर्ता चुनावका लागि एकसाथ खटिने र विवाद आए स्थानीय तहमै समाधान गर्ने र समाधान हुन नसकेका विषय केन्द्रमा पठाउने निर्णय पनि भएको संयुक्त निर्वाचन परिचालन समितिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।