बैशाख ९ देखि माेर्चाकाे सशक्त अान्दाेलन शुरु

सेयर गर्नुहोस

 कपिलबस्तु , बैशाख ६ । संयुक्त लाेकतान्त्रीक मधेशी माेर्चाकाे बैठकले स्थानिय तह निर्वाचनकाे नामांकन प्रक्रियालाई विफल बनाउन अान्दाेलनकाे कार्यक्रम अघि सारेकाे छ ।

युवा नेता रजत प्रताप शाहकाे अगुवाईमा अाज बहादुरगंजमा बसेकाे संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चाकाे बैठकमा पुर्व राज्य मंत्री ईश्वरदयाल मिश्रले मधेशी जनताले अधिकार प्रप्ति का लागि पटक पटक बलिदान गरिदै अाएकाे छ तर खस मानसिकताकाे नेपाल सरकारले अाफ्नै देशका निमुख जनता माथि गाेली चलायाे र अहिले बिभेदपुर्ण संविधानलाई कार्यन्वयन गराउन स्थानिय निकाय निर्वाचन गराउन लागेकाे हाे ।देशकाे सुरक्षाका लागि खटिने सेनालाई अाफ्नै देशका जनताका विरुद्ध खटाएर निर्वाचन कुनै पनि लाेकतान्त्रिक देशमा हुदैन तर मधेशीमाथि दमन गर्ने नियतले नै संविधान संसाेधन विना निर्वाचन गराउने पछाडिकाे नेपाल सरकारकाे नियत छर्लङ्ग हुदैछ।

  बैठकमा सहभागी कपिलबस्तु क्षेत्र न:५ का सांसद अभिषेक प्रताप शाहले भने हामी स्थानिय निकाय चुनावकाे मध्यनजर नगरपालिका र गाउंपालिकाका अस्थायी निर्वाचन कार्यालयहरुमा नामांकन हुन नदिने निष्कर्षमा छाैं र जबर्जस्ती नामांकन प्रक्रिया अगाडि बढाएमा त्यसकाे प्रतिकार समेत गर्न पछि पर्दैनाैं ।

बैठकले यही बैशाख ९ गते जनजागरण अभियान चलाउने र ११ गते माेटर साईकल रैली निकालेर निर्वाचनमा अाफ्नाे दाबेदारी दिने कांग्रेस, एमाले , माअाेबादी र राप्रपाका मधेशी नेताहरुलाई निर्वानमा भाग नलिन दबाव दिने निर्णय गरेकाे छ । त्यसैगरि बैशाख १४ गते नामांकन कार्यक्रमलाई विफल बनाउने कार्यक्रम रहेकाे बैठकका संयाेजक रजत प्रताप शाहले बतनएका छन । लगभग तीन घण्टासम्म चलेकाे उक्त बैठक निर्वाचनकाे विराेधलाई सफल बनाउन मै केन्द्रित थियाे। कार्यक्रमा वरिष्ठ नेता मंगल प्रसाद गुप्तापुर्व गाबिस सचिव कृष्ण कुमार चाैधरी, सतिषचन्द्र गुप्ता, अकरम पठान,राहुल सिंह,गंगेश तिवारी लगायतका मधेशी नेताहरु उपास्थिति थियाे ।

Facebook Comments Box