१ श्रावण २०८१, मंगलवार

मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आमहड्तालको घोषणा, संशोधनबिनाको चुनाव हुन नदिने निर्णय

काठमाडौं, बैशाख ३।संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले गराउन लागेको स्थानीय तहको चुनाव विरोध गर्न आन्दोलनको घोषणा गरेको छ ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ । गठबन्धन र मोर्चाले आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमहरु
———————————————————–
१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश/थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने-गराउने ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट