अनुभव आदन प्रदान कार्यक्रम तथा कनुनी सहायता परामर्श प्रदान

सेयर गर्नुहोस

दिलिप कुमार यादव
कपिलवस्तु,
आज सेलर्ड कपिलवस्तु द्धारा कजरहवा गाविसमा सामुदायिक मेलमिलाप केन्द्र, पारालिगल, महिला संजाल, महिला निगरानी समुह, प्रहरी लगायत सेवा प्रदायक संघ संस्था तथा स्थानीय निकाय लगायतका सक्रिय सहभागितामा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।                 कार्यक्रमको संचालन सेलर्ड कपिलवस्तुका जिल्ला प्रशिक्षक रिखिराम हरिजनले गर्नु भएको थियो । भने सहजीकरण सेलर्ड कपिलवस्तुका जिल्ला परियोजना संयोजक दिनेश चन्द त्रिपाठीले गर्नु भएको थियो । जसमा समुदायवाट आएका विवादहरु के कति मेलमिलाप प्रकृयावाट सफल भएका छन् र के कति विवादहरु सम्वन्धित निकायमा पठाईएको छ । अदि विषयमा छलफल भएको रिखीराम हरिजानले बताए ।

कार्यक्रमको उद्देश्य बरे प्रष्ट पार्दै मेलमिलाप केन्द्रमा आएका विवादहरु वारे सम्वन्धित सरोकारवालाहरु लगायत सवैलाई जानकारी प्राप्त गरेका छन । कास्ता कामजोरीहरु रहेका छन । आदि विषयमा कार्यक्रम लाई सम्बोधन गर्दै त्रिपाठीले विषय बास्तुको उद्देश्य माथी प्रकाश पर्नु भएकोथियो ।
त्यास्तै सेलर्ड कपिलवस्तुको आयोजनामा सिसवा गाविसमा समस्यामा रहेका स्थानीय वासीहरुलाई कानूनी परामर्श प्रदान गरिएको छ । स्थानीय वासिन्दाहरुमा रहेका विभिन्न किसिमका व्यक्तिगत, सामाजिक, घरेलु लगायत सामुदायमा रहेका समस्याहरुको निराकरणका लागि कानूनी सल्लाह तथा सुझाव दिएका छन् । सो कार्यक्रमको सहजिकरण अधिवक्त भोला प्रसाद विश्वकर्मा, मेहदी हसान, राजु श्रीवास्तवले सहाजिकरण गरेका छन।

Facebook Comments Box