एउटै नंबरले विभिन्न ब्यक्तिहरु मोबाईलमा मिसकल प्रहरीको अनुसन्धान जारी।
अमित ठाकुर
रौतहट,चैत्र २४। रौतहट जिल्लामा हिजो राती ११बजे पछी एउटा अनजान नंबर +21698090279 ले नमस्ते सिम प्रयोग गरिरहेको विभिन्न ब्यक्तिहरु मोबाईलमा मिसकल जस्तो फोन अाएकोछ। यो नंबरले फोन अाउँदा अहिले सम्म कुनै ब्यक्तिहरुले फोन उठाएको छैन। यो नंबर कस्टमर केयरमा सोध्दा अफ्रिकाको टुनिसियाको हो भनेकोहो। बास्तविकमा यो नंबरले फोन अाउनेको कारण अहिले सम्म थाहा लागेको छैन।रौतहटको प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेल संग टेलीफोन सम्पर्क गरेर सोध्दा यो बिषयमा हामी अनुसन्धान कार्य सुरु गरिरहेछु यसमा अहिले समय लाग्छ।
Facebook Comments Box