मानवअधिकार परिषदमा नेपाल युक्रेनको पक्षमा, भारत तटस्थ, चीन रुसी कित्तामा

सेयर गर्नुहोस


एजेन्सी ।
युक्रेनले जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा रुसी हमलाबारे आपतकालिन छलफलको माग गरेकोमा नेपालसहित बहुमत सदस्यले समर्थन गरेका छन् । मानवअधिकार परिषद्का ४७ सदस्य मुलुकमध्ये नेपालसहित २९ मुलुकले युक्रेनको बिषयमा आपतकालिन छलफल गराउनु पर्ने पक्ष लिएका छन् । अमेरिका र युरोपेली मुलुकले युक्रेनको मागका पक्षमा अडान राखेका छन् । आपतकालिन छलफलको बिपक्षमा रुस, चीन, क्युवा, भेनेजुएला र इरिट्रियाले मत राखेका छन् । भारतसहित १३ सदस्य मुलुकले भने तटस्थ मत राखेका छन् । मानवअधिकार परिषद्को प्रक्रियामा बहुमत सदस्यले युक्रेनको माग सम्बोधन गर्दै प्रस्ताब पारित भएपछि युक्रेनबारे विहीवार परिषद्ले आपतकालिन छलफल गर्ने छ ।

युक्रेनको ओडेसामा रहेकी रोशनी गुरुङ भन्छिन्– बंकरमा बसेका छौँ
हामी दुईजना यहाँ होस्टेलमा बसेका छौँ । परिस्थिति राम्रो छैन । हामी प्रायजसो होस्टेलको बेसमेन्टको बंकरमा बस्छौँ, त्यहाँ केही न केही सुरक्षित हुन्छ भन्ने लाग्छ । गोली चल्नुभन्दा पहिला हामी बसेको होस्टेलका वार्डेन र अरू कसैलाई संकेत आएर हो वा के हो, साइरन बजाउँछन् । त्यसपछि हामी बंकरभित्र पस्छौँ । आज (सोमबार) साँझतिर साइरन बज्यो, अहिले तपाईंसँग कुरा गर्दा म बंकरमै छु । बस्ने र पानी खाने व्यवस्था बंकरभित्र छ । गोलीको आवाज नसुनेको वेलामा हामीलाई वार्डेनले संकेत गर्छन्, त्यसपछि होस्टेलको माथिल्लो तलामा गएर खाना खाने अनि फेरि बंकरमा जाने भइरहेको छ । जोखिम मोलेर कहाँ जाने ? बाहिर गएकाहरूको दुःख देख्दा सामान्य अवस्था नहुन्जेल यतै दुःख काट्ने हो कि भन्ने पनि लागेको छ । अहिलेसम्म केही निर्णय गर्न सकेका छैनौँ । युक्रेन र रुसको वार्ता सुरु भएको छ । वार्ता मिलेदेखि हुन्थ्यो भन्ने लाग्छ ।

Facebook Comments Box