सदभावना पार्टीको संस्थापक स्व.सिंहको ८९ अौं जन्म जयन्ती समारोह सम्पन्न ।

सेयर गर्नुहोस

अमित ठाकुर

रौतहट,चैत्र २३। सदभावना पार्टीको संस्थापक तथा पुर्व राष्ट्रिय अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको ८९ अौं जन्म जयन्ती समारोह सम्पन्न भएकोछ। यस कार्यक्रमको जिल्ला अध्यक्ष शेख जमशेद सभापतित्व गर्नु भएकोथियो।त्यसतै कार्यक्रमको बिसिष्ठ अतिथी केन्द्रीय सह-महा सचिव अजय गुप्ताको बिशेष उपस्थिति रहेकोथियो।संस्कृति मन्चको महा सचिव चन्देश्वर राउत,रामेश्वर यादव,सहित सयकडो नेता कार्यकर्ताहरुको उपस्थित थियो। भर्खरै सदभावना पार्टीमा प्रवेश गरेको कार्यकर्ता रामेश्वर यादवलाई पार्टीका सह महा सचिव गुप्ता अविर र मालाले स्वागत गरि पार्टीका केन्द्रीय सदस्यमा मनोनित गरेकोछ। गुप्ताले भन्नू भयो कि पहिला हामी मधेसी भन्नमा डराउन्थे तर अहिले हामीलाई मधेसी भन्ने र बिश्वमा पहिचान गराउने स्व.गजेन्द्र नारायण सिंहको देनहो। पहिलाको दिनमा बिना टोपीको फोटोले नेपाली नागरिकता बनिरहे थिएन तर अहिले कुनै पनि फोटोले नागरिकता बनीरहेछ। यति भन्दै कार्यक्रम सम्पन्न भएकोछ।

Facebook Comments Box