११ फाल्गुन २०८०, शुक्रबार

माेर्चाद्वारा स्थानिय निकायहरुमा मधेश सरकार लेख्न शुरु ।।

अंकुश श्रीवास्तव

कपिलबस्तु, चैत्र २४। संशाेधन बिना निर्वाचनकाे विराेधमा मधेशी माेर्चाले जिल्लाका सरकारी कार्यालयहरुमा मधेश सरकार लेखेकाे छ ।

संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चाले सरकारले संशाेसन बिना निर्वाचन गराउन लागेकाे विराेधमा कपिलबस्तु जिल्लाका सरकारी कार्यालयमा मधेश सरकारकाे बाेर्ड लगाएकाे छ ।  अाज जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे नगरपरिक्रमा गरि माेर्चाका नेताहरुले नगरपालिका कार्यालयकाे बाेर्डमा मधेश सरकार लेखेका छन । जिल्लाका विभिन्न स्थानिय निकायहरु गाउंपालिका ,नगरपालिका हुँदै अाज कृष्णनगर नगरपालिकामा विराेध कार्यक्रम गरिएकाे छ।

विपक्षी नेकपा एमाले लगायत सरकारमा रहेका पार्टीहरु मधेशी जनतालाई झुक्याई संविधान संशाेधन नै नगरि निर्वाचन गराउन अघि बढेमा द्वन्दकाे स्थिति सृजना हुन सक्ने पुर्व राज्यमंत्री ईश्वरदयाल मिश्रकाे भनाई रहेकाे छ । कार्याक्रममा ससफाेका रजत प्रताप शाह, अजित सिंह ,तमलाेपाका रामकुमार गुप्ता,राहुल सिंह, दिनेश गुप्ता ,राजकुमार चाैधरी र सदभावना पार्टीका बृजेन्द्र चाैधरी ,शाहिद खान, गंगेश तिवारी लगायतका माेर्चा घटकका नेताहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट