नेपालका कम्युनिस्टलाई उचालेर चीनले अमेरिकासंगकाे सम्बन्ध विगार्न खाेज्याे: सांसद शाह

सेयर गर्नुहोस

कपिलवस्तु , फल्गुन १६ । एमसिसि संसदबाट अनुमाेदन भएपछि जिल्लाका क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले नेपालका कम्युनिस्टलाई उचालेर चीनले अमेरिकासंगकाे सम्बन्ध विगार्न खाेजेकाे आराेप लगाउनुभएकाे छ ।

अमेरिकी अनुदान एमसिसी विरुद्ध कम्युनिस्ट पार्टीहरुले केहीदिन देखि गरिरहेका विराेधका बावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा प्रतिनिधिसभाबाट अनुमाेदन भएपछि सांसद अभिषेक प्रताप शाहले चीनकाे इसारामा अमेरिकासंगकाे सम्बन्ध विगार्न लागिएकाे प्रतिक्रिया दिनुभएकाे छ ।

विगतका दिनमा चीनकाे अमेरिकासंग विग्रेकाे सम्बन्धलाई नेपालमा खेलाउन नहुने बताउदै सांसद शाहले नेपाल सार्वभाैम राष्ट्र रहेकाेले आफ्नाे अनुकुलकाे निर्णय लिन सक्षम रहेकाे बताउनुभयाे । चीनले महंगाे ऋणभन्दा भारत ,अमेरिका लगायत विश्वकाे कुनैपनि देशले दिने अनुदान सहर्ष स्वीकार गर्नुपर्नेमा वहांले जाेड दिनुभयाे ।
नेपालमा कम्युनिस्ट आएपछि विश्वमा पाएकाे सम्मान गुमाउदै आएकाे र विदेशी नीति फेल हुँदै गएकाे सांसद शाहकाे भनाई छ । उनले देशलाई अस्थिर गर्ने षडयन्त्र गर्दै आएकाले यसपाली स्थानीय तह र प्रतिनिधि सभा दुवै निर्वाचनमा नेपाली कांग्रेस नम्बर एककाे पार्टी बन्ने पक्का रहेकाे बताउनुभयाे ।

Facebook Comments Box