नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

सेयर गर्नुहोस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ ।

आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभएको छ । क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्डको जिकिर छ ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ’, उहाँले फेसबुकमा लेख्नुभएकाे छ ।

अमेरिकी सहायता एमसीसी संसदमा टेबल भएको तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिन थालेको अवस्थामा प्रचण्डको याे भनाइ आएको हो । एमसीसीमाथि भोलि बिहीवारदेखि संसदमा छलफल थाल्ने तयारी छ ।

Facebook Comments Box