२८ भाद्र २०८१, शुक्रबार

संविधान संशोधन विना चुनावको ‘चु’सम्म सुन्दैनौंः सह–अध्यक्ष कर्ण

बिरगञ्ज, १९ चैत । सदभावना पार्टीका सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन गरि मधेसको माग संस्थागत नभएसम्म मोर्चा कुनै पनि चुनावको ‘चु’ सम्म सुन्न नचाहेको प्रष्ट पारेका छन् ।
सद्भावना पार्टी बिरगञ्ज नगर कार्य समितिले शनिवार बिरगञ्ज नगरका अगुवा कार्यकर्तासँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । स्ववियुको चुनाव मधेसमा गराउन नसकेको सरकार स्थानीय चुनावको दिवा स्वप्न देखेको व्यंग्य गर्दै प्रमुख अतिथि कर्णले भने ‘संविधान संसोधन गरि मधेसको माग संस्थागत नभएसम्म हामी चुनावको ‘चु’ पनि सुन्न चाहदैनौं ।’ घोषित निर्वाचन संविधान विपरित रहेको स्थानीय तहको निर्वाचन गराउने अधिकार प्रदेश सरकारसँग मात्र रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि एवं सह महासचिव एवं अधिवक्ता सुरेन्द्र कुर्मीले मधेसको हक अधिकारको असल हितैसी एवम् जन्मदाता सदभावना पार्टी नै पहिलो पार्टी रहेकोले सदभावनाले मात्रैले मधेसलाई अधिकार सम्पन्न बनाउन सक्ने दावी गरे । मधेसवादको साथ–साथ सामाजिक मुद्दालाई बिरगञ्ज नगर कमिटीले उठान गर्ने गरेकोले गजेन्द्रबाबुको सपना पूरा हुने बिश्वास व्यक्त गरे ।
भेलामा केन्द्रीय सदस्य निजामुद्दीन समानी, रेखा घिमिरे, जिल्ला उपाध्यक्ष इश्वर यादव, भुपेन्द्र तिवारी, अनिरुद्ध प्रसाद, कलवार, जिल्ला सचिव राजेश साह, धर्मेन्द्र पटेल, महिला मञ्चका जिल्ला अध्यक्ष रेखा साह, नगर सचिव सञ्जय पटेल, कोषाध्यक्ष पन्नालाल पटेललगायतले सम्बोधन गरे भने कार्यक्रममा तीस वटै वडाका एकाइ कमिटीका अध्यक्षहरु एवम् पदाधिकारी तथा वर्गीय मञ्चका जिम्मेवार नेता कार्यकर्ताहरुले सङ्गठन सुदृढ र आन्दोलनको बारेमा आ–आफ्नो धारणा राखे ।
नगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष सुरेस साह कानुले गरेका थिए भने महिला मञ्च बिरगञ्जकी नगर अध्यक्ष सुनिता रौनियारले सहजीकरण गरिन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट